सोमबार, असार ८, २०८३

नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान

नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अनुसार नवनियुक्त पाँच मन्त्रीहरुको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने भएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अनुसार नवनियुक्त पाँच मन्त्रीहरुको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने भएको छ। 

National life

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। आइतबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर भएका छन्।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको छ। 

प्रकाशित: Jun 26, 2022| 20:14 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...