सोमबार, असार ८, २०८३

मन्त्रिपरिषद् हेरफेर, नेकपा एसका यी ५ नेता बने मन्त्री

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आइतबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर भएका हुन्।

National life

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको जानकारी दिएको छ। 

को हुन् नयाँ मन्त्री? 

जीवनराम श्रेष्ठ
नेकपा एसका सचेतकसमेत रहेका जीवनराम श्रेष्ठलाई पार्टीले पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएको छ। श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपालका १२ औं र १६ औं सदस्यसचिव थिए। पहिलोपटक वि.सं. २०५३ देखि वि.सं. २०५४ सम्म र दोस्रो पटक वि.सं. २०६३ देखि वि.सं. २०६६ सम्म उक्त पदमा रहेर उनले काम गरेका थिए। 

Shivam cement

जीवनराम हाल नेपाल ओलम्पिक कमिटीका निर्वाचित अध्यक्ष पनि हुन्। उनी यसअघि नेपाल ओलम्पिक कमिटीका महासचिव थिए। श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन्। उनी मन्त्री बन्‍ने भएसँगै अब श्रेष्ठले उक्त पदबाट राजीनामा दिनुपर्ने हुन्छ। ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गर्दै उनी नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ८ मा विजयी भएका थिए। यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी जोशीसँग पराजित भएका थिए। 

मेटमणि चौधरी

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा मेटमणि चौधरी विजयी भएका थिए। पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन लडेका चौधरीले पूर्वसांसद एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराए। त्यस समय नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको वाम गठबन्धनको फाइदा उनले उठाएका थिए। 

अहिले नेकपा विभाजन भएपछि भने उनी माधव कुमार नेपालले बनाएको नयाँ पार्टी एकीकृत समाजवादीमा लागेका हुन्। नेकपा एसको केन्द्रीय सदस्यसमेत रहेका चौधरी लुम्बिनी प्रदेश कमिटीको अध्यक्षसमेत हुन्। पहिलो पटक प्रतिनिधिसभा सदस्य भएको साढे चार वर्षको अवधिमा उनी मन्त्री बनेका हुन्। 

शेरबहादुर कुँवर 

नेकपा एमालेका नेता भीम रावलका प्रतिस्पर्धी रहेका शेरबहादुर कुँवरलाई माधव नेपालले श्रममन्त्री बनाएका छन्। तत्कालीन नेकपा एमालेको अछाम जिल्ला कमिटी अध्यक्षसमेत रहेका कुँवर राष्ट्रियसभा सदस्य थिए। उनको कार्यकाल सकिएको छ। एमाले विभाजन भएपछि भने उनले एकीकृत समाजवादी रोजेका थिए। एमालेको जिल्ला अध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश गरेपछि अछाममा एमाले कमजोर भएको आकलन गरिएको थियो। कुँवर समाजवादीका केन्द्रीय सदस्य हुन्। 

रावल र कुँवर दुवैको क्षेत्र अछाम क्षेत्र नम्बर १ हो। एकापसको सहयोगमा निर्वाचित हुँदै आएका उनीहरु अबको निर्वाचनमा प्रतिस्पर्धी हुने भएका छन्। रावलका प्रतिस्पर्धी कुँवर मन्त्री बनेसँगै आगामी चुनाव रावलका लागि थप चुनौतीपूर्ण हुने भएको छ। 

भवानीप्रासद खापुङ 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका सांसद भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री थिए। अब उनी स्वास्थ्यमन्त्री बन्‍ने भएका हुन्। तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खापुङ नेकपा एसका केन्द्रीय सदस्य हुन्। २०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भएका खापुङले २०७० सालको संविधान सभाको निर्वाचनमा कांग्रेसका तुलसी सुब्बालाई पराजित गरेका थिए। 

विद्यार्थी राजनीति हुँदै खापुङ जिल्लाको राजनीतिमा सक्रिय भएका हुन्। २०५४ सालको स्थानीय तहको निर्वाचनमा तेह्रथुम साविकको मोराहाङ गाविस अध्यक्षमा एमालेबाट निर्वाचित भएका  खापुङ २०५५ सालमा जिल्लाको पाँचौ अधिवेशनमा जिल्ला कमिटीको सचिवमा सर्वसम्मत भएका थिए। २०५८ सालको छैटौं र २०६१ सालको सातौं अधिवेशनमा समेत जिल्ला कमिटिको सचिवमा उनी निर्विरोध निर्वाचित भएका थिए। २०६६ सालको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित भएर उनले तीन कार्याकाल काम गरेका थिए।

२०६९ सालमा एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्यमा मनोनित भई नवौं राष्ट्रिय महाधिवेशनमा समेत काम गरेका उनले २०६० सालमा आफ्नै पहलमा तिनजुरे जडिबुटी सहकारी संस्था लिमिटेडको स्थापना गरेका थिए। एमाले विभाजनपछि भने उनी माधव नेपालले स्थापना गरेको नयाँ पार्टीमा लागेका हुन्। उनलाई माधव नेपालका विश्‍वासपात्रको रुपमा लिइएको छ। 

हिराचन्द्र केसी

दाङको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी भएका हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। केसीले ४० हजार २ सय ८७ मत प्राप्त गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पराजित गरेका थिए। यसअघि भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेकोमा उनलाई स्वास्थ्यमन्त्री बनाइएपछि केसीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो। मन्त्रिपरिषद्‌मा यो उनको पहिलो इन्ट्री हो। 

प्रकाशित: Jun 26, 2022| 19:32 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...