मंगलबार, साउन २६, २०८३

अस्ट्रेलियाको राजदूतमा पोखरेल र इजरायलका लागि रिजाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाको राजदूतका लागि कैलाशराज पोखरेललाई नियुक्त गरेकी छन्। त्यसैगरी कान्ता रिजाललाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाको राजदूतका लागि कैलाशराज पोखरेललाई नियुक्त गरेकी छन्। त्यसैगरी कान्ता रिजाललाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन्। 

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, 'सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा श्री कैलाशराज पोखरेललाई अस्ट्रेलिया र श्री कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो।' 

सरकारले गत चैत २४ गते एकै पटक विभिन्‍न देशमा रिक्त रहेका राजदूतावासमा राजदूत नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको थियो। सरकारले राजदूत नियुक्तिका लागि १२ जना राजनीतिक दल र ८ जना परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस गरेको थियो।

यसअघि राष्ट्रपति भण्डारीले चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी थिइन्। 


प्रकाशित: Jun 26, 2022| 18:44 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...