मंगलबार, साउन २६, २०८३

बिदाइको पत्रकार सम्मेलनमा रोइन् मन्त्री झाँक्री

बडो सकसपूर्ण रुपमा मन्त्रीबाट बहिर्गमन भइरहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो बिदाइमा आयोजित पत्रकार सम्मेलनमा भावुक बनेकी छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– बडो सकसपूर्ण रुपमा मन्त्रीबाट बहिर्गमन भइरहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो बिदाइमा आयोजित पत्रकार सम्मेलनमा भावुक बनेकी छन्।

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिवले मन्त्रीको तारिफ गर्दै उनको  पालामा भएको कामको फेहरिस्त सुनाए र झाँक्रीजस्तो मन्त्री अब  नपाइने हो  कि भन्ने चिन्ता व्यक्त गरे। 

आफू बोलिसकेपछि उनले झाँक्रीलाई बोल्न आग्रह गरे। उता झाँक्री भने सुँक्कसुँक्क गर्दै टिस्यु पेपरले आँखा र नाक पुछिरहेकी थिइन्। उनले आफू बोल्न सक्ने अवस्थामा नरहेको बताइन् र अनौपचारिक कुराकानी गर्न थालिन्। त्यसक्रममा उनले  केही समयअघि  सामाजिक सञ्जालमा भाइरल भएको एउटा घरको तस्बिरको चर्चा पनि गरिन्। अब सो घर फिनिसिङ गर्ने भन्दै उनले ठट्टा गरिन्। 

बिदाइ कार्यक्रम अनौपचारिक बनिदियो। मन्त्रालयका कर्मचारीले मन्त्रीको प्रशंसा गरेपछि सञ्चारकर्मीले पनि जाँदै गरेकी मन्त्रीलाई प्रश्न गरे। त्यतिञ्जेलसम्म पनि झाँक्री आँसु पुछिरहेकै थिइन्। आफूलाई रिस उठ्ने प्रश्न सोध्न पत्रकारहरुलाई आग्रह गरिन्। भावुक नभई उत्तर दिन पत्रकारले आग्रह गरेपछि उनले अलि सहज भएर बोल्ने प्रयास गरेकी थिइन्।  

तैपनि उनी बोल्न सकिनन्, उनको तर्फबाट सचिवले जवाफ दिए। आफूले संसदमा बोलेको भन्दै बोल्न इन्कार गरिरहिन्। 

निकै पछि राजनीतिक प्रश्न गरेपछि मात्रै उनी सम्हालिइन्। मन्त्रीबाट फिर्ता हुन किन यति सकस भन्ने आशयको प्रश्नमा उनले पार्टीबाट निर्णय भएपछि फिर्ता हुनुपर्ने कुरा सामान्य भएको बताउँदै कसरी फिर्ता हुने भन्ने कुराचाहिँ महत्वपूर्ण हुने बताइन्।

प्रकाशित: Jun 26, 2022| 18:24 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...