मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउँदै पर्यटनमन्त्री आलेले राजीनामा दिए

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउँदै पर्यटनमन्त्री आलेले राजीनामा दिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

कामठाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन्।

आज आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिएका हुन्। 

उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए।  गठबन्धन सरकारमा आलेले ०७८ असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए।  आज राजीनामा दिँदै उनले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी गरे।


प्रकाशित: Jun 26, 2022| 18:12 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...