मंगलबार, साउन २६, २०८३

शून्य समयमा एमाले सांसद सरकारप्रति आक्रामक

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सरकारप्रति आक्रामक देखिएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सरकारप्रति आक्रामक देखिएका छन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।

उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यान जान नसकेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसदहरूले सरकार जनताको शान्तिसुरक्षा र समस्याप्रति गम्भीर नभएको सांसदहरूको आरोप छ।

सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए। उनले उक्त समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए।

सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गराए। सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाए। 

सांसद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने बताइन्। सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गरे। उनले शून्य समयमा राखिएका कुराहरूको सुनुवाइ नै नहुने गरेको बताए।

प्रकाशित: Jun 26, 2022| 14:14 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...