मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पर्यटनमन्त्री आलेले बुझाए राजीनामा, अध्यक्ष नेपाल भन्छन् – गोजीमा बोकेर हिँडिरहेको छु

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा, अध्यक्ष नेपाल भन्छन् – गोजीमा बोकेर हिँडिरहेको छु

संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएका हुन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएका हुन्।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेकोमा अध्यक्ष नेपाललाई राजीनामापत्र बुझाएका हुन्। मन्त्री आलेले राजीनामा बुझाएसँगै आफ्नो कार्यकालमा भएका कामको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरेका छन्। 

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। पछि हस्ताक्षर गर्नेमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए।

पार्टीको शनिबार बसेको बैठकले पार्टीका मन्त्री फेर्ने निर्णयबाट पछि नहट्ने बताउँदै सर्वसम्मत मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरिएको थियो।

मन्त्री आलेले राजीनामा दिएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि पुष्टि  गरेका छन्। आज बिहान अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताए।

मन्त्रीहरुले राजीनामापत्र बुझाउँदै पार्टीले आवश्यकताअनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए। उनले सो राजीनामापत्र आफूले गोजीमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे।

अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामापत्र पठाउनेमा विश्वास व्यक्त गरे। उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने बताए।

‘राजीनामापत्र नै चाहिँदैन। पुनर्गठन गर्नका लागि हामीले पठाएको पत्र नै पर्याप्त छ। त्यस आधारमा यो सरकारले तुरून्त त्यो निर्णय लागू गर्ने कुरामा लागोस्,’ उनले भने।

प्रकाशित: Jun 26, 2022| 14:08 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...