सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन माग

प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन माग

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ सम्मानजनक रुपमा महिलाले अवसर पाउने कि नपाउने भन्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सदनमा प्रश्न गरेकी छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९
National life
Shivam cement

काठमाडौं– आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ सम्मानजनक रुपमा महिलाले अवसर पाउने कि नपाउने भन्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सदनमा प्रश्न गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले यो चुनौतीको विषय रहेको र यसमा सबैको ध्यान पुग्नुपर्ने बताइन्।  उनले समावेशी लोकतन्त्रमा समानुमातिक समावेशिताको अधिकार सुनिश्चितता हुनुपर्ने बताएकी छन्। त्यसैले उनले अब सबै क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा  जोड दिइन्। उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई कानुनी रुपमा उठाउने कि नउठाउने भन्दै प्रश्न गरेकी हुन्।

‘स्थानीय निर्वाचनमा पनि राजनीतिक दलले महिलाहरूलाई सम्मानजनक प्रतिनिधित्व गराएनन्। त्यसैले प्रदेश र केन्द्रको निर्वाचनमा अब दिगो विकासको मान्यता राखेर अन्तरौष्ट्रिय अभिसन्धिहरु, समावेशी लोकतन्त्रको उपलब्धिलाई साकार रूपबाट ल्याउनको लागि र हाम्रो संविधानको मौलिक हकमा पनि महिलाहरूलाई प्राप्त भएको हकको कार्यान्वयनका लागि अबको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत प्रतिनिधित्वलाई सुनिश्चित गरियोस्,’ उनले भनिन्।

प्रकाशित: Jun 26, 2022| 13:58 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...