मंगलबार, साउन २६, २०८३

प्रधानन्यायाधीशमाथिको महाभियोग अघि बढाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा सर्वोच्चको अर्को’ भन्दै जनगुनासो बढेकाले महाभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका छन्।

महाभियोगको प्रस्ताव समितिमा नलैजानु सांसदको असक्षमता भएको उनले बताए। यसको साक्षी प्रतिनिधिसभा बन्न नहुने उनको तर्क छ। उनले समितिमा लगी छानबिन र सुनुवाइ प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए।

महाभियोग प्रस्ताव अघि नबढे संविधानको चरम दुरुपयोग भएको ठहर हुने उनको जिकिर छ।

गत फागुन १  गते नेपाली कांग्रेस तथा  नेकपा माओवादी केन्द्रका सांसदको अगुवाइमा प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबरामथि संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसपछि संसद् बैठकले छानबिन समिति गठन गरे पनि अन्य प्रक्रिया अघि बढेको छैन। 

प्रकाशित: Jun 26, 2022| 13:43 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...