मंगलबार, साउन २६, २०८३

पुस्तक नभएर विद्यार्थी 'बंक' हान्न बाध्य छन् : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्नै लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै आपत्ति जनाएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्नै लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले जनक शिक्षा सामग्री केन्द्र र सरकारको लापरबाहीका कारण विद्यार्थीहरू समयमै पुस्तक पाउनबाट बञ्चित भएको बताए।

उनले भने,  ‘नेपाल सरकारले जनक शिक्षामार्फत छाप्न दिएको पुस्तक समयमा छापिएको छैन। तर तीन कक्षासम्मको पाठ्यपुस्तक निजीलाई छाप्न दिँदा अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्,’ उनले भने। उनले आफ्नो सचिवालयमार्फत विद्यालयमा पुस्तकको अभावबारे सर्वेक्षण गर्दा अधिकांश सरकारी विद्यालयमा ३० प्रतिशत पुस्तकको अभाव रहेको पाइएको बताए।

‘काठमाडौंको मुटुमा रहेको दरबार हाइस्कुलमा समेत ३० प्रतिशत पाठ्यपुस्तक अभाव छ। बागमती प्रदेशमा २४ हजार ४ सय २५ पुस्तकको अभाव रहेको पाइयो। यस्तो अवस्थामा कर्णालीको हालत के होला हामी सहजै अनुमान गर्न सक्छौं,’ भट्टराईले भने।

उनले प्रथम त्रैमासिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थीले के लेख्छन् भन्दै प्रश्न गरे। ‘यस्तो अवस्थामा शिक्षकले के पढाउने? विद्यार्थीले के पढ्ने? त्रैमासिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थीले के लेख्ने? विद्यार्थी कक्षा बंक गर्न बाध्य छन्,’ उनले भने।

प्रकाशित: Jun 26, 2022| 13:37 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...