मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवीन्द्र मिश्रले भने– नेतृत्वबाट राजीनामा दिएको हो, राजनीतिबाट होइन

रवीन्द्र मिश्रले भने– नेतृत्वबाट राजीनामा दिएको हो, राजनीतिबाट होइन

विवेकशील साझा पार्टीका सदस्य रवीन्द्र मिश्रले आफूले राजनीतिबाट नभई पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको प्रष्ट पारेका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– विवेकशील साझा पार्टीका सदस्य रवीन्द्र मिश्रले आफूले राजनीतिबाट नभई पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको प्रष्ट पारेका छन्। आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा राजनीतिबाटै बाहिरिन लागेको हुो कि भन्ने शंका उब्जिएको भन्दै उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन्।

उनले भनेका छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन। पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु। राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।

कसरी त्यो सम्भव होला भन्ने मन्थनमै छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु। सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ। अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु।’

मिश्रले केही समयअघि विवेकशील साझा पार्टीको संयोजकबाट राजीनामा दिएका थिए। 


प्रकाशित: Jun 26, 2022| 12:55 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...