मंगलबार, साउन २६, २०८३

चालु अधिवेशनबाटै नागरिकता विधेयक पारित गर्नुपर्छ : सभामुख

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्नेमा जोड दिएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौं ‘डेलिगसन’ आइसकेको उनले बताउ।

उनले दर्जनौं युवाको भविष्यमा गाह्रो भएको बताउँदै यही सदनबाट नागरिकता विधेयक पारित गरिनुपर्ने बताए। 

'आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ। प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो। संसद्लाई जीवन्त बनाउने संकल्प हामीले लिएका छौं,' उनले भने।

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए। 

प्रकाशित: Jun 26, 2022| 12:03 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...