सोमबार, असार ८, २०८३

बागमती प्रदेश सभाको बैठक बस्दै, अवरोध गर्ने पक्षमा एमाले

बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

मकवानपुर- बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरेको छ।

National life

गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो। तर, आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो।

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभाको बैठक चल्न नदिने पक्षमा रहेको छ। एमालेले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि राख्दै आएको छ।

सरकारले आगामी वर्षको बजेटमा चुनावी प्रचार मुखी र आफ्ना दलका कार्यकर्ता पोस्ने प्रकृतिको ल्याएको र बजेटमा प्रदेश सरकारले पक्षपात गरेको भन्दै विरोध गर्दै आएको एमाले आजको बैठक अवरुद्ध गर्ने पक्षमा देखिएको छ। सरकारले बजेटमा प्रतिपक्षी दललाई समेत वेवास्ता गरेर बजेट ल्याएको एमालेको आरोप छ।

Shivam cement

प्रकाशित: Jun 26, 2022| 09:09 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...