मंगलबार, साउन २६, २०८३

कमल थापा भन्छन्- अब कुनै पार्टीसँग एकता हुँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पार्टीसँग एकता नहुने बताएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पार्टीसँग एकता नहुने बताएका छन्।

अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसङ्गति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने थापाले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छुट्टिएर अलग पार्टीको संगठन विस्तारका लागि धनगढी पुगेका अध्यक्ष थापाले ‘जनताका माझमा राप्रपा नेपाल वर्तमानका चुनौती र विकल्प वृहत् अन्तर्क्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रूपमा स्थापना भएको बताए।

थापाले पार्टीभित्रको गलत वैचारिक प्रवृत्ति, विकृति र विसङ्गति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए।

उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने दाबी गरे। ‘हिन्दु धर्मको संस्थागत विकास गर्ने लक्ष्य सहित स्थापना भएको यस पार्टीप्रति जनताले ठूलो विश्वास लिएका छन्। अब हुने निर्वाचनबाट यो राष्ट्रिय पार्टी बन्छ,’ उनले भने, ‘चुनावमा आवश्यकता अनुसार केही स्थानमा अन्य राजनीतिक दलसँग तालमेल हुन सक्छ।’

प्रकाशित: Jun 26, 2022| 07:22 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...