मंगलबार, साउन २६, २०८३

लोसपा र लोक दलबीच आज एकता हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ।

आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुने भएको हो।

लोसपाका सचिव रञ्जित झाले आज दुई दलबीच पार्टी एकता हुने बताएका छन्। उनले कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको बताए। झाले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।

पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ । 


प्रकाशित: Jun 26, 2022| 06:44 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...