मंगलबार, साउन २६, २०८३

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

‍काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तीन मन्त्रीहरू प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन्। पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन निर्णय गरेपछि विवाद चुलिँदै गएपछि मन्त्रीहरू भने आफूहरुलाई नहटाउनका लागि प्रधानमन्त्रीसँग आग्रहका बालुवाटार पुगेको बताइएको छ। 

बालुवाटार पुग्ने मन्त्रीमा हस्ताक्षर फिर्ता नलिने तीन जना मन्त्री छन्। स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ। 

मन्त्रीहरू हेरफेरको विरोध गर्दै नेकपा एसका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दिएको पत्र बुझाएका थिए। उक्त पत्रमा हस्ताक्षर गर्ने केही  सांसदले भने आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। 

बजेट पारित भएपछि मन्त्रीहरू हेरफेर गर्न, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने तथा नयाँ बन्ने मन्त्रीमा महिलालाई पनि सहभागी गराउनुपर्ने उनीहरुको आग्रह छ।

अध्यक्ष नेपाललाई लेखेको पत्रमा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन्। 

प्रकाशित: Jun 25, 2022| 19:26 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...