मंगलबार, साउन २६, २०८३

झलनाथ खनालले भने - एमाले भन्‍नै छैन, ओली गुट मात्रै छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले भन्‍ने पार्टी विघटन भएर केपी ओली गुटमात्र बाँकी रहेको टिप्पणी गरेका छन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले भन्‍ने पार्टी विघटन भएर केपी ओली गुटमात्र बाँकी रहेको टिप्पणी गरेका छन्। 

कार्की ब्याङ्क्वेट बबरमहलमा शनिबार आयोजित नेकपा एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले ओली गुट नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्‍ने र दक्षिणपन्थीको मतियार बनेको बताए।

उनले थपे, 'जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्‍ने गरेका कारण ओली सरकारको अन्त्य भएको हो। नेकपा एमाले भन्‍ने विघटन भइसक्यो। म नेकपा एमाले भन्दिनँ- केपी ओली गुटमात्र भन्छु।'

केपी ओली नेतृत्वको सरकारले सहयोग नपाएका कारण कारण काम गर्न नसकिएको भन्‍ने तर्क गलत भएको पनि उनले बताए। भने, 'ओलीले चारचार पटक बजेट ल्याउँदा समेत केही भनेनौं। त्यति खेरको प्रतिपक्षी पनि निदाएको थियो। कतिपय नेता त संसदमै देखिँदैनथे। यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल-प्रलाप मात्रै थियो।'

खनालले केपी ओलीको पागलपनकै कारण दुई दुईपटक प्रतिनिधिसभा विघटन भएको बताए। उनले भने, 'त्यो संसद नेकपाको दुई तिहाइको शक्ति थियो। यो अहिले हामीले अंगीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन्। तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले। हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ।'

उनले नवौँ महाधिवेशनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताए। उनले भने, 'वैचारिक,राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्‍यो।'


प्रकाशित: Jun 25, 2022| 16:59 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...