मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमै बसेका नेतालाई 'दास' को संज्ञा दिँदै माधव नेपालले भने- धारे हात नलगाउन्

एमालेमै बसेका नेतालाई 'दास' को संज्ञा दिँदै माधव नेपालले भने- धारे हात नलगाउन्

मन्त्री हेरफेरका विषयमा एमाले नेताहरुले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले दासहरुले धारे हाल लगाउन आवश्यक नभएको भन्दै चेतावनी दिएका हुन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरुलाई 'दास' को संज्ञा दिएका छन्। मन्त्री हेरफेरका विषयमा एमाले नेताहरुले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले दासहरुले धारे हाल लगाउन आवश्यक नभएको भन्दै चेतावनी दिएका हुन्। 

यसअघि नेकपा एमाले नेता योगेश भट्टराईले सामाजिक सञ्‍जालमा फेसबुकर स्टाटस लेख्दै भनेका थिए, 'एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनि दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भइरहेको छ।'

अध्यक्ष नेपालले उक्त अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै अहिलेसम्मको घटनाक्रममा आफूहरुले एमालेबाट गरेको विद्रोह जायज भएको पुष्टि भएको बताएका छन्। उनले थप भनेका छन्, ‘अहिले म कथित १० भाइका अभिव्यक्ति सुन्दैछु। उनीहरुको दिमागबाट नशा उत्रिएको छैन, तथानाम लेखिरहेका छन्। दासोचित ढंगले त्यहाँ बसिरहेका छन्, मूल्यमान्यता छैन, पदीय गरिमाको सम्मान पाएका छैनन्, तर पनि हामीलाई धारेहात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन्।’

उनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि अहिलेकै सत्तारुढ दलहरुबीच गठबन्बन गरेर जानुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै भन्दै अध्यक्ष नेपालले भने, ‘एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर अघि बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यकता छ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धनका कतिपय दलले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको उनले बताएका छन्। 


प्रकाशित: Jun 25, 2022| 14:44 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...