सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, चार मन्त्री अनुपस्थित

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, चार मन्त्री अनुपस्थित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो।

बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन्।

नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट छन्।

प्रकाशित: Jun 25, 2022| 13:15 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...