आइतबार, जेठ ६, २०८१

कैलालीका १३ पालिकाले ल्याए बजेट : कुन पालिकाको कति?

कैलालीका १३ पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन्।
 |  शनिबार, असार ११, २०७९

भीम चौधरी

भीम चौधरी

शनिबार, असार ११, २०७९

धनगढी- कैलालीका १३ पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन्। 

triton college

संविधानत अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७२ अनुसार स्थानीय तहले आर्थिक वर्षको बजेट अघिल्लो वर्षको असार १० भित्र ल्याउनुपर्छ। सोही व्यवस्था अनुसार कैलालीका १३ पालिकाले तोकिएको समय सिमाभित्र नगर सभामार्फत बजेट सार्वजनिक गरेका छन्। 

कैलालीमा एक उपमहानगर, ६ नगरपालिका र ६ गाउँपालिका रहेका छन्। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको अनुमानित आय–व्यय विवरण आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन्। आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलव ३० प्रतिशत रकम वित्तीय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड ६ लाख ३१ हजार ८९७ रकम थप गरी बजेट प्रस्तुत गरेको छ।

corrent noodles
Metro Mart

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजस्व बाँडफाँटतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयका रुपमा उल्लेख गरेको छ। उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरेको छ। सामाजिक विकासतर्फ ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरिएको छ जो कुल बजेटको ४० दशमलव ६४ प्रतिशत हो।

उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४२ लाख ११ हजार (सात दशमलव ८४ प्रतिशत), पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार (२४ दशमलव ५३ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात करोड ७३ लाख २१ हजार (चार दशमलव दुई प्रतिशत) र कार्यालय संचालनतर्फ ४१ करोड ८५ लाख सात हजार (२२ दशमलव ७६ प्रतिशत) विनियोजन गरेको छ। 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ८८ लाख ४६ हजार कर संकलन गर्ने अनुमान गरेको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड आठ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ। गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार रकम विनियोजन गरेको छ।

नगरपालिकाले नेपाल सरकारबाट संघीय वित्तीय समानीकरणबाट २१ करोड ४४ लाख, राजस्व बाँडफाँटबाट १७ करोड ३६ लाख ८९ हजार, सशर्त अनुदानबाट ३७ करोड पाँच लाख, विशेष अनुदानबाट दुई करोड, समपूरक अनुदानबाट एक करोड ४० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख १० हजार, प्रदेश राजस्व बाँडफाँटबाट ५९ लाख ४९ हजार, स्थानीय राजस्वबाट ६ करोड नौ लाख ९५ हजार पाँच सय, आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार पाँच सय र संचित कोष मौज्दातबाट २६ करोड आम्दानीको अनुमान गरेको छ। 

गोदावरी नगरपालिकाले नगरस्तरीय योजनाहरु (साविकका बाँकी योजनासहित ३८ करोड ८० लाख २५ हजार, वडा स्तरीय योजनामा १२ करोड, विषयगत शाखाका कार्यालयका लागि १३ करोड ८३ लाख २५ हजार, सशर्त कार्यक्रममा ३७ करोड पाँच लाख, समपूरक र विशेष अनुदानमा तीन करोड ४० लाख र प्रशासनिक खर्चमा २० करोड रकम विनियोजन गरेको छ।

सुदूरपश्चिम प्रदेशकै प्रवेशद्धार लम्कीचुहा नगरपालिकाले एक अर्व ४२ करोड १७ लाख ८० हजार रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख सुशीला शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। बजेटमा एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यवसायीक तरकारी, कृषकको पहिचान, कृषिमा आधारित ज्ञान : उत्पादन अनुसारको अनुदान लगायतको कार्यक्रम अगाडि सारिएको छ।

गौरीगंगा नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको छ। नगरको १२औं नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे। यस्तै, समपूरक अनुदानबाट ७३ लाख, विशेष अनुदानबाट २५ लाख, मूल्य अभिवृद्धि कर, अन्त शुल्कबाट १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टीबाट ३५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट दुई करोड, सवारी साधनबाट ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाट २२ करोड ५० लाख, आन्तरिक राजस्वबाट तीन करोड ६५ लाख ७० हजार, अन्य रकम एक करोड ८१ लख २८ हजार आयको विवरण पेस गरिएको छ।

गौरीगंगाले प्रशासनतर्फ १२ करोड ९८ लाख ८१ हजार, शिक्षा, युवा तथा खेलकुद विकास शाखा पाँच करोड ४२ लाख, स्वास्थ्यतर्फ दुई करोड ६६ लाख ४४ हजार, कृषितर्फ ८० लाख, पशुतर्फ ५० लाख, महिला तथा बालबालिकातर्फ ४५ लाख, योजना तथा पूर्वाधार विकासतर्फ दुई करोड ३० लाख, समपूरक कोषतर्फ तीन करोड, विपद व्यवस्थापन कोषतर्फ एक करोड, प्रशासन तथा अनुगमन शाखातर्फ १५ लाख, पञ्जीकरण तथा व्यक्तिगत घटना दर्तातर्फ ६ लाख ५० हजार, न्यायिक समिति तथा कानुन शाखामा २३ लाख, भूमि व्यवस्थापन कार्यक्रममा ६० लाख रकम विनियोजन गरेको छ।

सहकारी तथा बजार व्यवस्थापनमा १४ लाख, होमस्टे तथा पर्यटन प्रवद्र्धनमा पाँच लाख, संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम चालुमा २० करोड ५२ लाख, संघीय सरकारबाट हस्तान्तरित पुँजीगततर्फ तीन करोड १४ लाख, विशेष अनुदान कार्यक्रम ५० लाख, मंगलपुर–चनौरा–जोगनिया तालदेखि धनगढी उपमहानगरपालिका जोड्ने सडक कालोपत्रे निर्माणका लागि ३० लाख रकम विनियोजन भएको छ। भोजपुर दक्षिण मल्टीसेल विज निर्माणका लागि ५० लाख, मसुरिया स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माणका लागि २५ लाख, जनप्रिय माविमा तीन तले विद्यालय भवन निर्माणमा ७३ लाख, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा २२ करोड ५० लाख र वडा कार्यालयतर्फ ११ करोड ८५ लाख रकम विनियोजन गरिएको छ।

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ। ११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड आठ लाख ८४ हजार एक सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत चार करोड ६६ लाख, राजस्व बाँडफाँटमा १४ करोड २१ लाख ५८ हजार, विशेष अनुदानमा दुई करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ बजेटको स्रोतका रुपमा अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजस्व बाँडफाँटमा ९१ लख ५९ हजार, समपूरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट ७ करोड ५० लाख ७० हजार १६० रुपैयाँ, मालपोत रजिष्ट्रेशन तीन करोड ७५ लाख, बचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ बजेटमा विपद व्यवस्थापन कोषमा एक करोड ५० लाख, समपूरक कोषमा सात करोड विनियोजन गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षहरुमा सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिएको छ।

भजनी नगरपालिकाले ७० करोड ६९ लाख १७ हजारको बजेट ल्याएको छ। चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे। 

भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ। नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३  लाख २९ हजार रकमको बजेट पेस गरेको छ। 

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा शुक्रबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको बजेट घटाएर प्रस्तुत गरिन। गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ करोड ५१ लाख ८५ हजार रुपैयाँ बजेट ल्याएको थियो।

गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन÷प्रशासनिक ९चालु० तर्फ १० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। झोलुङ्गे पुल लागत साझेदारीतर्फ २० लाख, मर्मत सम्भार कोषका लागि ४७ लाख २१ हजार, दमकल खरिद तथा व्यवस्थापनमा ३५ लाख, भूमि व्यवस्थापन (भूमि आयोग) का लागि २० लाख, डिजिटल प्रोफाइलका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसैगरी, विस्तृत परियोजना प्रतिवेदनका लागि २५ लाख, वातावरणीय प्रभाव मूल्यांकनका लागि १५ लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख, क्षमता विकास तथा रोजगार कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्य बीमाका लागि आर्थिक सहयोगतर्फ पाँच लाख, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमतर्फ १५ लाख, विशेष अनुदान कार्यक्रम, अध्यक्ष स्वरोजगार कार्यक्रम, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५/१५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। विधेयक समिति र न्यायिक समितितर्फ तीन/तीन लाख गरी गाउँपालिकाले कुल ४८ करोड ३५ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसैगरी, विषयगत समिति अन्तर्गत पूर्वाधार विकास समितिका लागि तीन करोड, आर्थिक विकास समितिका लागि दुई करोड ५० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ तीन करोड ९० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३० लाख, लक्षित वर्ग कार्यक्रमतर्फ एक करोड रुपैयाँ बजेट छुट्याइएको छ। 

गाउँपालिकाले प्राप्त गर्ने आम्दानीमा संघीय सरकारबाट प्राप्त हुने ५४ करोड ३३ लाख १० हजार, प्रदेश सरकारबाट प्राप्त हुने एक करोड ७७ लाख ६१ हजार रुपैयाँ छ। यसैगरी, आन्तरिक आम्दानीमा तीन करोड १४ लाख ५० हजार रुपैयाँ छ।

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि  ६९ करोड  ३० लाख बजेट ल्याएको छ। दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त बजेट ल्याएको बताइन। गाउँपालिकाले चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५१६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रुपैयाँ बजेट विनियोजन गरेको छ।

आयतर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट तीन करोड नौ लाख  ५५ हजार, संघीय सामानीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ५२ लाख  ५१ हजार, संघीय सशर्त अनुदानतर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाइएको छ। यस्तै, संघीय समपूरक अनुदानबाट एक करोड ८० लाख, संघीय विशेष अनुदानबाट एक करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट एक करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ३० लाख ९९ हजार, प्रदेश समपूरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ। गाउँपालिकाले व्ययतर्फ आर्थिक विकासतर्फ चार करोड ३५ लाख २२ हजार १० रुपैयाँ, सामाजिक विकासतर्फ २५ करोड २३ लाख १७ हजार ९९९ रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ  १९ करोड ५८ लाख ११ हजार ५७५ रुपैयाँ विनियोजन गरेको छ।

यस्तै, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७२ लाख ९९ हजार ९९९ रुपैयाँ, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९९० रुपैयाँ र कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ १८ करोड १ लाख ७८ हजार ४२४ रुपैयाँ विनियोजन गरिएको छ।

बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। 

जोशीपुर गाउँपालिकाले ४८ करोड ११ लाखको बजेट प्रस्तुत गरेको छ। कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको छ। कैलालीको चुरे गाउँपालिकाले ४६ करोड ५१ लाखको बजेट प्रस्तुत गरेको छ।

प्रकाशित: Jun 25, 2022| 12:50 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।