मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सचिवालय सदस्यहरुले चाहेको भए त्यतिबेला नेकपा विभाजित हुँदैनथ्यो : वामदेव गौतम

सचिवालय सदस्यहरुले चाहेको भए त्यतिबेला नेकपा विभाजित हुँदैनथ्यो : वामदेव गौतम

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा विभाजन भएकोमा पश्चाताप गरेका हुन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नेता वामदेव गौतमले सचिवालय सदस्यहरुले चाहेको भए त्यसबेला नेकपा पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरेका छन्। शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा विभाजन भएकोमा पश्चाताप गरेका हुन्। उनले आफूलाई धेरैजसो नेताहरुले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासोसमेत गरेका छन्।

'धेरैजसोले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,' गौतमले भने, 'मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु। वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु।'

तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने उनले बताए। 'यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ', उनले भने। 

तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको तर्क छ।

'हामीभित्र मतभिन्नताहरु हुन सक्छन्, ती मतभिन्नताहरु आवश्यक छलफल नगरी, समाधानको प्रयत्न नभई एकाएक एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव,' उनले भने, 'त्यसको जवाफमा संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने घटनामा हामी सहमत हुन सकेनौं। मेरो विचारमा कोहीपनि सहमत हुन नपर्ने हो।'   

प्रकाशित: Jun 25, 2022| 11:28 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...