बिहीबार, असार ४, २०८३

जहाँ भगवानलाई पनि गाह्रो छ [फोटोफिचर]

देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। 

National life

काठमाडौंका पाइला पाइलामा अनेकौं देवी देवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ। 

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ। आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन्। कतै रूख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन्। 

संरक्षण भने अझै भएको छैन। जताततै लापरबाही छ। मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन्। 

मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ। फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन। 

Shivam cement

एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ। यहाँ सिसिटिभी जडान गरिएको छ। चोक चोकमा साइरन राखिएका छन्। तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन।

न्यूज एजेन्सी नेपालले तयार पारेको फोटोफिचर

च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु

थापालीस्थित जंग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति

पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति 

पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु

पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकीर्ति महाविहार

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु

बसन्तपुरको गोरखनाथको मन्दिर

लुभुको गणेश मन्दिर

लुभुको गणेश मन्दिर


संरक्षण अभावमा क्षति भएका पुराना मूर्तिहरू

प्रकाशित: Jun 25, 2022| 09:44 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।