सोमबार, असार ८, २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ। आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

National life

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा भएका साङ्गठानिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तरक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ रणनीति तयार गरिने छ।

पार्टीको शुक्रबार बसेको पोलिटब्युरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको थियो। केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनमा समेत छलफल गरिएको थियो।

पोलिटब्युरो बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको थियो। 

प्रकाशित: Jun 25, 2022| 06:36 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...