सोमबार, असार ८, २०८३

किसान संघ अध्यक्षमा तिम्सिना, आदिवासी जनजातिमा घर्तीमगर

नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ।

पार्टीको विसं २०७८ चैत १५ गतेको निर्णयअनुसार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल किसान संघको अध्यक्षमा तिमिल्सिना र आदिवासी जनजाति सङ्घको अध्यक्षमा घर्तीमगरलाई नियुक्त गरेका हुन्। 

सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा, ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका दुई भ्रातृ संस्थाको अध्यक्ष नियुक्त गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Jun 24, 2022| 21:12 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...