मंगलबार, साउन २६, २०८३

पुनः प्रधानमन्त्री बन्ने दाहाल दाउ

देशलाई नयाँ युगतिर लैजान आफूमा प्रधानमन्त्रीको सपना घुमिरहेको दाहालले बताएका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनः एक पटक प्रधानमन्त्री बन्ने मनसाय चुहाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले देशलाई नयाँ युगतिर लैजान आफूमा प्रधानमन्त्रीको सपना घुमिरहेको बताएका हुन्।

नेपाल पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले देशको नेतृत्व गर्न पाए विद्यमान सबैखाले विकृति हटाउन अघि बढ्ने दाबी गरे।

‘तपाईंहरू(संघका पदाधिकारी)ले भनेको कुरा आशीर्वाद हो भने अर्कोपल्ट देशको नेतृत्व गर्ने अवसर पाए विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना मेरो मनभित्र छ। मेरै नेतृत्वमा हजारौं नेपालीको बलिदान भएको छ, परिवर्तन ल्याउन,’ दाहालले भने।

अध्यक्ष दाहालले पहिलोपल्ट प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र दोस्रो प्रधानमन्त्रीको कार्यकाल गर्व गर्नलायक रहेको दाबी गरे। ‘पहिलोपल्ट प्रधानमन्त्री हुँदा झिलीमिलीमै बित्यो। यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै ९ महिना बित्यो। दोस्रोपल्ट प्रधानमन्त्री हुँदा साँच्चिकै धेरै चीज सुधार्ने प्रयास गरेको हुँ’, उनले भने।

समृद्धिको यात्रा सुरु गर्ने मनसायका साथ राजनीतिक स्थिरता, विकासको सपना बोकेर अबको जीवन बिताउने सोचे पनि त्यो सफल हुन नसकेको दाहालको स्वीकारोक्ति छ।

उनले वामपन्थीबीच एकता गरेर स्थायित्व, विकास र सामाजिक न्याय दिने सपना सफल नभएको गुनासो गरे। मुलुकमा देखिएको आर्थिक संकटलाई टार्ने पर्यटन क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको दाहालले बताए।

प्रकाशित: Jun 24, 2022| 17:35 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...