बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • म्याराडोनाको उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीमाथि हत्याको आरोप

Siddartha premir insuranceSiddartha premir insurance

म्याराडोनाको उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीमाथि हत्याको आरोप

शल्यक्रियापछिको हेरचाहमा लापरवाही भएका कारण मृत्यु भएका अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनाको उपचारमा संलग्न आठ जना डाक्टर, नर्स र मनोचिकित्सकमाथि हत्याको आरोप लागेको छ।
 |  शुक्रबार, असार १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

शल्यक्रियापछिको हेरचाहमा लापरवाही भएका कारण मृत्यु भएका अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनाको उपचारमा संलग्न आठ जना डाक्टर, नर्स र मनोचिकित्सकमाथि हत्याको आरोप लागेको छ।

himalayan bank box

बुधबार एक न्यायाधीशले 'मृत्यु हुन नदिने कदम नचालेको' भन्दै उपचारमा संलग्न सबैलाई म्याराडोनाको मृत्युका दोषी ठहर गरेका हुन्। तर यो ठहर कुनै इजलासले गरेको भने होइन। न्यायाधीशले व्यक्तिगत रुपमा यस्तो आरोप लगाएका हुन्। मुद्दाको सुनुवाइ कहिले हुने भनेर मिति तोक्न बाँकी नै छ।

सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिनाका कप्तान रहेका म्याराडोनाको मृत्यु ६० वर्षको उमेरमा सन् २०२० को नोभेम्बरमा भएको थियो। वर्षौंसम्म कोकिन र मदिराको कुलतमा फसेका म्याराडोना मस्तिष्कको शल्यक्रियापछि अस्पताल नजिकैको भाडाको घरमा थप उपचाररत थिए। शल्यक्रिया सकेको दुई हप्तापछि उनलाई सोही घरको बेडमा मृत फेला पारिएको थियो। पछि उनको मृत्युको कारण हृदयघात भएको बताइएको थियो।

अर्जेन्टिनाका सरकारी वकिलद्वारा खटाइएका २० जना स्वास्थ्य विशेषज्ञहरुको प्यानलले म्याराडोनाको मृत्यु उनको उपचारमा संलग्न स्वास्थ्य कर्मचारीहरुको कमजोरी र अनियमितताका कारण भएको निष्कर्ष निकालेको थियो। राम्रो हेरचाह पाएको भए उनको मृत्यु हुने सम्भावना कम रहेको अध्ययनको निष्कर्ष थियो।

विज्ञहरुका अनुसार हेरचाहकर्ताहरुले उनको रेखदेख गर्नुको साटो म्याराडोनालाई एक्लै छाडेर ‘लामो पीडादायी मृत्यु’ सम्म पुर्याएका थिए। म्याराडोनाको ज्यान ‘भगवान भरोसा’मा छोडेको भन्दै स्वास्थ्य कर्मचारीहरुमाथि हत्याको मुद्दा चलाउन माग भइरहेको छ। मुद्दा चलेर आरोप पुष्टि भएमा उनीहरुले २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Metro Mart
vianet

न्युरो सर्जन लियोपोल्डो लुके, मनोचिकित्सक अगस्तिना कोसाचोभ, मेडिकल संयोजक नेन्सी फोर्लिनी, नर्सिङ संयोजक मारिआनो पेरोनी र नर्सहरु रिकार्डो अल्मिरोन, डाहियाना म्याड्रिड र पाग्लो डि स्पाग्नालाई म्याराडोनाको मृत्युका दोषी मानिएको छ। उनीहरुलाई हेलचेक्र्याइँका कारण भएको अनपेक्षित मृत्युको आरोप लागेको छ। तर कसैले पनि त्यस्तो आरोप स्वीकार गरेका छैनन्।

म्याराडोनाका दुई छोराछोरीले शल्यल्क्रियापछि बावुको अवस्था झन् नाजुक बन्दै गएको भनी उजुर गरेपछि छानविन सुरु गरिएको थियो।

फुटबलका भगवान् मानिने म्याराडोनाको मृत्युले विश्वभरका फुटबलप्रेमी स्तब्ध बनेका थिए। लाखौंका प्रेरणा श्रोत बनेका म्याराडोनाले दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप विजेता बनाएका थिए।

‘गोल-अफ-द-सेन्चुरी’का लागि प्रख्यात म्याराडोनाको १९८६ को इंग्लयाण्ड विरुद्धको क्वार्टरफाइनलको ‘ह्यान्ड-अफ-द-गड’ गोल पनि उत्तिकै लोकप्रिय छ।

प्रकाशित: Jun 24, 2022| 11:35 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।