काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
पार्टी प्रवक्ता मुकुन्द ढकालले आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने व्यवस्था गरिएको छ। २१ सदस्यीय तदर्थ समितिका सदस्यको नाम आज सार्वजनिक गर्ने तयारी छ।
लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए। असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ।