सोमबार, असार ८, २०८३

राष्ट्रिय सभा बैठक १ बजे, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। 

National life

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्नेछन्। 

स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ।

प्रकाशित: Jun 24, 2022| 06:45 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...