सोमबार, असार ८, २०८३

सरकारी नियुक्तिमा भाग नपाएको भन्दै समाजवादी पत्रकारको गुनासो

समाजवादी प्रेस संगठन नेपालले सञ्‍चार तथा अन्य क्षेत्रमा गठबन्धनको भावनालाई सम्मान हुनेगरी नियुक्ति र अवसरको बाँडफाँट नभएको भन्दै गुनासो गरेका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९
National life
Shivam cement

काठमाडौं- समाजवादी प्रेस संगठन नेपालले सञ्‍चार तथा अन्य क्षेत्रमा गठबन्धनको भावनालाई सम्मान हुनेगरी नियुक्ति र अवसरको बाँडफाँट नभएको भन्दै गुनासो गरेका छन्। 

समाजवादी प्रेस संगठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गर्ने निर्णय भएको जनाइएको छ। 

सरकार गठनपूर्व नै सरकारले गर्ने हरेक निर्णय पाँच दलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिबद्धता व्यक्त गरेर सरकार गठन भए पनि सहमति कार्यान्वयन नभएको ठहर गरेको संगठनले पछिल्लो समय विभिन्न संस्थामा भएका नियुक्ति एवं बाँडफाँटमा सन्तुलन कायम गर्न आग्रह गरेको छ। 

प्रकाशित: Jun 23, 2022| 20:19 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...