मंगलबार, साउन २६, २०८३

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई राजदूत नियुक्त गरेकी हुन्। 

चीन सरकारले अग्रिमो (स्वीकृति) पठाएपछि श्रेष्ठ राजदूत नियुक्त भएका हुन्। श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो।

सरकारले श्रेष्ठसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो। उनीहरू सबै संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन्।

प्रकाशित: Jun 23, 2022| 18:17 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...