मंगलबार, साउन २६, २०८३

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ। निर्वाचन आयोगले घन्टी चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले उक्त चुनाव चिह्न नपाउने भएका हुन्। 

यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले घन्टी चिन्ह पाएको थियो। उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए। सो पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ।

निर्वाचन आयोगको अभिलेखअनुसार रामकुमार महतो अध्यक्ष रहेको तथा पञ्जा छाप चुनाव चिह्न भएको नेपाल सद्भावना पार्टीमा राष्ट्रवादी पार्टी ०७८ मंसिर ३० गते गाभिएको थियो। उक्त दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेले दर्ता गराउने दलले घन्टी चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक कर्मचारीले बताए।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ मा भनिएको छ, ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन।’

प्रकाशित: Jun 23, 2022| 16:51 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...