मंगलबार, साउन २६, २०८३

मन्त्रीको हेरफेर आजै हुन्छ : नेकपा एस

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको हेरफेर आजै हुने दाबी गरेको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको हेरफेर आजै हुने दाबी गरेको छ। 

केन्द्रीय सचिवालय बैठकपछि आज प्रचार विभाग प्रमुख तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अब दिन होइन, केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताएका हुन्।

उनले भने, ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ। अहिलेसम्म विविध कारणले ढिला भयो। अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ। अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ।’

मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्ने कुरा हल्लामात्रै भएको उनले दाबी गरे। भने,  ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्यो, के भन्यो भन्ने कुराले अर्थ राख्दैन। पार्टीको निर्णय नै अन्तिम हो। पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन।’

प्रवक्ता खतिवडाले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरे। उनले भने, ‘हामीले सरकारमा जाने बेला नै ६ महिनामा हेरफेर हुने भन्ने सहमति गरेका थियौँ। अहिले त्यसैको कार्यान्वयन गर्न लागिएको हो। पार्टीको निर्णय कार्यान्वयन गर्दा कसैले विद्रोह गर्ने भन्ने हुँदैन, अहिले त्यस्तो विद्रोहको कुनै सम्भावना पनि छैन।’

नेकपा एसमा मन्त्री फेरबदलको विवाद चुलिँदै गएको छ। केही साताअघि नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास नहुन्जेल मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने बताएका थिए। स्वयं नेकपा एसकै मन्त्रीहरु पनि पार्टीको निर्णयप्रति असन्तुष्ट छन्। नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि पार्टीको निर्णय कार्यान्वयन नभएकोमा असन्तुष्ट रहँदै आएका छन्। 

प्रकाशित: Jun 23, 2022| 14:49 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...