सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देशको राजनीतिक धार कता लैजाने भन्ने जिम्मा जनताले हामीलाई दिएका छन् : प्रचण्ड

देशको राजनीतिक धार कता लैजाने भन्ने जिम्मा जनताले हामीलाई दिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन्।

National life

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा आएको बताए।

उनले भने, ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कता लैजाने, राजनीतिक धारलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन्। कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन्।’

सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको उनले बताए। 

‘हामीले सोचेजति परिणाम आएन। यो पटक कम्तीमा पनि गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा हाम्रो १७० देखि १७५ सम्म आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ। हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छौं भन्ने आकलन गरेका थियौं। तर हामी १२२ सिटमा सीमित भएका छौं,’ उनले भने।

Shivam cement

प्रचण्डले थपे, ‘हाम्रो परिणाम देखेर बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन्। उनीहरूले माओवादीको यत्रो आयो भनिरहेका छन्, तर हामीले योभन्दा धेरै आकलन गरेका थियौं।’

प्रकाशित: Jun 23, 2022| 13:41 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...