मंगलबार, साउन २६, २०८३

नागरिकता विधेयक फास्ट ट्रयाकबाट टुंगो लगाइयोस् : पण्डित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले २ लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन माग गरेका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले २ लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन माग गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पण्डितले सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गरी नागरिकता दिलाउनुपर्ने माग गरे। उनले भने, ‘संघीय निजामती सेवा ऐन राज्यव्यवस्था समितिबाट पारित भएर संसदमा आएको थियो। अहिले फिर्ता गरेको छ। त्यसलाई छिटो पारित गरियोस्।’

हिजो बुधबारमात्रै सत्ता गठनबन्धनका शीर्ष नेताहरुको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको थियो।

प्रकाशित: Jun 23, 2022| 13:28 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...