सोमबार, असार ८, २०८३

माधव निवासमा मन्त्री फेर्ने बहस : झाँक्री र आले गरम, खतिवडा नरम

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा मन्त्री फेरबदलको विवाद चुलिँदै गएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा मन्त्री फेरबदलको विवाद चुलिँदै गएको छ। 

National life

केही साताअघि नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास नहुन्जेल मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने बताएका थिए। स्वयं नेकपा एसकै मन्त्रीहरु पनि पार्टीको निर्णयप्रति असन्तुष्ट छन्। नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि पार्टीको निर्णय कार्यान्वयन नभएकोमा असन्तुष्ट रहँदै आएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकपछि मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई आग्रह गरे। आफ्नो निवास कोटेश्वरमा नेपालले मन्त्रीहरुसँग छलफल गरेका थिए। तर, उनको प्रस्तावलाई दुई जना मन्त्रीले अस्वीकार गरेका छन्। नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति असहमति जनाएका हुन्। 

‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईंहरुले सहयोग गर्नुहोस्,’ नेपालले मन्त्रीहरुलाई आग्रह गरेका थिए। तर, नेपालको आग्रहलगत्तै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गरम बनेकी थिइन्। ‘हामीलाई किन हटाउनुपर्यो, हामीले राम्रै काम गरिरहेका छौं। फोहोर व्यवस्थापनको काम मेरै पहलमा सम्पन्न भइरहेको छ। अब त्यो काम निष्कर्षमा पुग्ने अवस्थामा छ। अन्य काम पनि भइरहेका छन,’ झाँक्रीले आक्रोशित हुँदै भनेकी थिइन्,  ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनुहुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो।’ 

Shivam cement

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा प्रतिवाद गरेको छलफलमा सहभागी एक मन्त्रीले बताए। झाँक्री आक्रोशित बनेपछि स्थिति असामान्य बनेको थियो। 

दुई जना सांसदसहित छलफलमा सहभागी भएका पर्यटनमन्त्री प्रेम आलेले भने स्थायी कमिटीको निर्णय सच्याएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। ‘एकजना महिला पनि सिफारिस भएका छैनन्। भूगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्नेमा त्यो पनि भएको छैन। यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्वीकार गरेका थिए। 

स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए। ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा विषय लागू गरिदिनुहोस्– पहिलो राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म  कुर्नुहोस् र दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस्,’ मन्त्रीद्वयले प्रस्ताव गरेका थिए । 

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने जनाएका छन्।

एकीकृत समाजवादीले हालै सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रूपमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको थियो। उक्त सूची प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको थियो।

प्रकाशित: Jun 23, 2022| 13:12 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...