मंगलबार, साउन २६, २०८३

शंखरापुरमा शिक्षा र स्वास्थ्य निःशुल्क

काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ। यस्तै, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी पनि नगरले थालेको छ।

आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको नगरपालिकाले बताएको छ।

साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने व्यवस्था गरिने भएको छ। यसका लागि नगरपालिकाले अस्पतालसँग सम्झौता गर्नेछ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधाको विषय उल्लेख छ। नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएपछि सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेर कार्यक्रम अघि बढाउने नगरपालिकाको योजना छ।

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कार्यक्रम पनि अघि सारिएको छ। शंखरापुरले शुक्रबार आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दैछ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो। नगर प्रमुखमा नरेश नापित निर्वाचित भएका छन्।

प्रकाशित: Jun 23, 2022| 12:18 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...