मंगलबार, साउन २६, २०८३

विप्लव नेतृत्वको नेकपाका चार नेताको सामूहिक राजीनामा

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन्। 

पार्टीका पूर्वपोलिटब्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का र दार्चुला तथा कञ्चनपुरका पूर्व इन्चार्ज एवं विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएको  विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।



प्रकाशित: Jun 23, 2022| 12:05 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...