मंगलबार, साउन २६, २०८३

निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन ताकेता गरेको छ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको छ। 

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराउनुभएको छ। निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ।

प्रकाशित: Jun 22, 2022| 23:00 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...