मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रविका दाइ हरिशरणको व्यंग्य : नाता प्रमाणित गरेर मात्र पार्टी प्रवेश गर्नुहोला

रविका दाइ हरिशरणको व्यंग्य : नाता प्रमाणित गरेर मात्र पार्टी प्रवेश गर्नुहोला

सञ्चारकर्म छोडेर दल निर्माणको घोषणा गरेका रवि लामिछानेप्रति उनकै दाजु हरिशरण लामिछानेले व्यंग्य गरेका छन्
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- सञ्चारकर्म छोडेर दल निर्माणको घोषणा गरेका रवि लामिछानेप्रति उनकै दाजु हरिशरण लामिछानेले व्यंग्य गरेका छन्। राष्ट्रिय स्वतन्त्र दल खोलेपछि हरिशरणले फेसबुकमा स्टाटस लेख्दै रविको दलमा आफू सहभागी नहुने र नाता प्रमाणित गरेर मात्र दल प्रवेश गर्नु भन्दै व्यंग्य गरेका हुन्।

हरिशरणले आफू आजीवन रविको पार्टीमा नरहने घोषणासमेत गरेका छन्। ‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनितिका लागि मसँग अपार अवसर र सम्भावना छन्,’ उनले फेसबुकमा लेखेका छन्।

रविप्रति व्यंग्य गर्दै उनी लेख्छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाई नाता अप्रमाणित भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परी बिहेबारी भई कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।’

प्रकाशित: Jun 21, 2022| 16:24 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...