मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपीमा संलग्न व्यक्तिहरूको नामावली संसद्लाई जानकारी गराइयोस् : रावल

एसपीपीमा संलग्न व्यक्तिहरूको नामावली संसद्लाई जानकारी गराइयोस् : रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

सत्ता पक्षका सांसदहरुले आफ्ना पार्टीका अध्यक्ष केपी ओलीलाई पनि सो घटनामा मुछेको उल्लेख गर्दै नेता रावलले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, सो प्रक्रियालाई अघि  बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कसले राष्ट्रघात गरेका हुन् त्यसबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गरेका हुन्।

सो प्रोग्रामबारे संसद र संसदीय समितिलाई यथार्थ जानकारी यसअघि नदिएर प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप समेत उनले लगाए। मन्त्रीपरिषद बैठकबाट सो प्रोग्राम अघि नबढाउने निर्णय गरेकोमा भने नेता रावलले सरकारलाई धन्यवाद दिए। खासगरी आफ्नो पार्टी एमालेले दबाब दिएपछि सरकार सो प्रोग्राम अघि नबढाउन बाध्य भएको उनको जिकिर थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नताले नेपालको सार्वभौमसत्ता, नेपालको आत्मनिर्णयको अधिकारमाथि आघात पुग्छ। यस सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भन्ने कुरा पनि सुन्नमा आयो। एसपीपी अघि बढाउने काममा को संलग्न भयो, त्यसको जवाफ सबै डकुमेन्टसहित प्रधानमन्त्रीले संसदमा दिनुपर्छ।’

नेता रावलले परराष्ट्र नीति नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढाउन पनि सरकारलाई सचेत गराए।


प्रकाशित: Jun 21, 2022| 16:09 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...