सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रवि लामिछानेको पार्टीले व्यापारीबाट चन्दा नउठाउने, भ्रातृ संस्था नखोल्ने

रवि लामिछानेको पार्टीले व्यापारीबाट चन्दा नउठाउने, भ्रातृ संस्था नखोल्ने

राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको भन्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको भन्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। 

National life

राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन्। ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।  

उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन्। साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरे। तर निर्वाचनमा राइट टु नो भोटको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए।

Shivam cement

स्वतन्त्र उम्मेदवारी दिन लागेका सबैप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको सुनाए।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए। प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नुपर्ने उनको अवधारणा छ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए। उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरेका छन्। पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्यमात्र हुने उनले बताए। सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए।

लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन्। साथै उनले आफ्नो पार्टीले व्यापारीबाट चन्दा नउठाउने पनि घोषणा गरेका छन्।

आफ्नो पार्टी आजैबाट क्रियाशील हुने उनको भनाइ छ। ‘यो पार्टीमा रहेर आफ्नो क्षमता देखाउन सकिनँ भने जहाँ देख्यो त्यहाँ ढुंगाले हान्नुहोला। क्षमता देखाउन नसके पार्टीमा र्‍यालसिँगान चुहाउँदै टाँस्सिएर बस्ने छैन,’ उनले भने।

प्रकाशित: Jun 21, 2022| 13:48 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...