काठमाडौं-सीघ्र छायांकनमा जान लागेको फिल्म ‘गोपी’का प्रमुख पात्र खगेन्द्र लामिछाने बाहिरिएका छन् । रचनात्मक मतभेदका कारण निर्माण पक्षसँग उनी समझादरीका साथ बाहिरिएका छन् ।
फ्लोरमा जान पाँच दिन बाँकी रहेको गोपीबाट खगेन्द्र लामिछाने बाहिरिएपछि उनका ठाँउमा विपिन कार्की आएका छन् । अचानक बाहिरिएका कलाकारप्रति कुनै देखेसो नभएको निर्देशक दिपेन्द्र लामाले बताएका छन् ।
अत्ति छिटो स्क्रीप्ट पढेर विपिन खेल्न तयार भएकोप्रति निर्देशकले आभार समेत प्रकट गरेका छन् । साथै वर्षा सिवाकोटीको ठाउमा अहिले वर्षा राउत गोपीमा जोडिएकी छिन् । सुरक्षा पन्त भने गोपीको सुरुवातीचरणबाटै अनुबन्धित छिन् ।
आउदो चैत १५ गते देशव्यापी चल्ने निर्माता मणिकर्ण केसीले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४