सोमबार, मंसिर १, २०८२

लुम्बिनीको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख [पूर्णपाठसहित]

लुम्बिनीमा गौरवका आयोजनाका लागि १ अर्ब ६९ करोड विनियोजन गरिएको छ। राजधानी व्यवस्थापन गरि रुपन्देहीमा रहेका कार्यालयहरु स्थायी राजधानीमा लगिने बजेटमा उल्लेख छ।
 |  बुधबार, असार १, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असार १, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको छ। राजस्व संकलन कम भएको भन्दै यो वर्ष बजेटको आकार घटाउने चर्चा भएपनि अघिल्लो आर्थिक बर्षमा भन्दा २ अर्ब बढि बजेट बढाएर बजेट ल्याएको हो।

National life

बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आर्थिक बर्ष ०७९÷८० का लागि बजेट ल्याएका हुन। चालु खर्चतर्फ  १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार ( ३१.२६ प्रतिशत ) र  पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार (५७.४१ प्रतिशत) बजेट छुटाइएको छ।

 वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब  ८३ करोड १० लाख विनियोजन गरेको आर्थिक मामिलामन्त्री खड्काले जानकारी दिए।

आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड ५९ लाख,  संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रू १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट रू ७० करोड प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री खड्काले बताए। कृषि स्वास्थ्य, रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिदै लुम्बिनीले बजेट ल्याएको हो। 

लुम्बिनीमा गौरवका आयोजनाका लागि १ अर्ब ६९ करोड विनियोजन गरिएको छ।  राजधानी व्यवस्थापन गरि रुपन्देहीमा रहेका कार्यालयहरु स्थायी राजधानीमा लगिने बजेटमा उल्लेख छ। एक स्थानीय तह एक उत्पादनका लागि वाली बस्तु प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न २९ करोड बिनियोजन गरिएको छ। कृषि पेशामा युवालाई आर्कषित गर्न ८ करोड ४५ लाख बिनियोजन गरिएको छ। 

Laxmi sunrise bank
kumari

महिला तथा सिमान्तकृत समुदायको कृषिमा सिचाई सुविधा पुर्‍याउने, प्रोत्साहन अनुदान कार्यक्रम निरन्तरता दिइएको छ।  प्रदेशका सबै सरकारी अस्पतालमा निशुल्क रगत उपलब्ध गराउन बजेट छुटाइएको अर्थमन्त्रीले जानकारी दिए ।  मुटु, मृगौला जस्ता जटिल रोगका लागि २ लाख दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल पेट सम्बन्धी रोगको उपचार, फोहोर मैला व्यवस्थापनका लागि १५ करोड बजेट छुटाइएको छ।  छुवाछुत, लैंगिक हिंसा, कुसंस्कार विरुद्ध सामाजिक सुधार अभियान सञ्चालनका लागि बजेट छुटाइएको छ।  दलित समुदायको परम्परागत सिप प्रवद्र्धनका लागि भगत सर्वजित सिप प्रवद्र्धन कार्यक्रमका लागि १ करोड २७ लाख बजेट बिनियोजन गरिएको छ।

रुकुम र रोल्पाको अल्लो व्यसाय प्रवद्र्धनका लागि आवश्यक बजेट छुटाइएको छ। गौतमबुद्ध विमानस्थल र नेपालगञ्ज विमाननस्थलमा कोसेली घर सञ्चालनका लागि बजेट छुटाइएको छ। बुटवल धागो कारखाना र खजुराको कपास क्षेत्र र नवलपारासीको चिन कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुटाइएको छ।  लुम्बिनी प्राविपिधक विश्वविद्यालय स्थापना गर्ने, नयाँ बिषयमा अध्यायपन दिइँदै आएको सुविधाका लागि ३० करोड विनियोजन गरिएको छ।  प्रदेशमा सरकारमा कार्यरत कर्मचारीहरुको महगी भत्तालाई यथावत गरि १५ प्रतिशत तलबभत्ता बृद्धि गरिएको छ।

प्रकाशित: Jun 15, 2022| 20:11 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।