आइतबार, कात्तिक २, २०८२

त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो देखिएपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो।
 |  बुधबार, असार १, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, असार १, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो। 

Kumaribank

विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिएको हो। अभ्यासका क्रममा आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी तथा एम्बुलेन्स सक्रिय भएका थिए।

दुर्घटनापछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित भएको थियो। दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध भएको हो।

कृत्रिम दुर्घटना भएकाले यसबाट विमानमा कुनै क्षति पुगेन, जनधनको क्षति भएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको संयोजनमा पूर्ण संकटकालीन अवस्थाको अभ्यास भएको हो। दुर्घटना र उद्धारका सबै दृश्य बनावटी थिए। 


Metro Mart










प्रकाशित: Jun 15, 2022| 16:38 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।