पाँच दशक अघिको ऐतिहासिक कथालाई बर्णन गर्ने फिल्म हो भारत । जसमा सुपरस्टार सलमान खान रहेका छन् । उनीसँगै देखिदै छिन्, कलाबाजी गर्ने भूमिकामा दिशा पाटनी ।
दिशाको भूमिकाको लागि चर्चित कस्ट्युम डिजायनर अलबिरा अग्निहोत्री र ऐश्ले रेबेलोले गर्दै छन् । उनको कस्ट्युमको लागि गहिरो रिसर्च गरिएको निर्माण पक्षले बताएको छ ।
यसका लागि उनले १९६० को शर्कस शोजमा प्रयोग गरिएको कस्ट्य्म डिजायनबाट प्रेरणा मिलेको भनिएको छ ।
दिशालाई एक आउटफिट स्टोन्स, क्रिस्टल र मोतिले सजाइएको छ । दिशा अहिले उक्त रोलको लागि तालिम लिइरहेकी छिन् ।
यस फिल्ममा सलमानको अपोजिट कैटरिना कैफ छिन् । यसको बाहेक दिशा पाटनी, तब्बु, जैकी श्राँफ र सुनिल ग्रोबरको अहम भूमिका रहेको छ ।
सलमानको बहिनीको भूमिकामा दिशाको साटो तब्बुले गर्नसक्ने कुरा पनि चलेको निर्माण पक्षले जनाएको छ । लामो रोल नभएपनि महत्वपूर्ण रोल भएकोले तब्बू हुने सम्भावना बढेको छ । जहाँ दिशा पटानीले सलमानको लव इंट्रेस्टको भूमिकामा देखिने छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४