शनिबार, मंसिर ६, २०८२

प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यमा सुधार

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’मा रहेको नेपाल र कुवेतबीच शनिबारको खेलका क्रममा अचानक ढलेका अल्मुताइरीको स्वास्थ्य अवस्थामा सुधार आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको स्वास्थ्य अवस्था सुधार भएको छ। एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’मा रहेको नेपाल र कुवेतबीच शनिबारको खेलका क्रममा अचानक ढलेका अल्मुताइरीको स्वास्थ्य अवस्थामा सुधार आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो। 

National life

खेलको दोस्रो हाफको तेस्रो मिनेटमै नेपालले दोस्रो गोल खाएको थियो। यसपछि उनी टचलाइनमा ढलेका थिए। ढलेर अचेत भएका अल्मुताइरीलाई अस्पताल लगिएको थियो। उनी अहिले अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनले नेपालको पराजयका लागि माफी मागेका छन्। ‘आजको हारका लागि माफी चाहन्छु। हामी योजनामा अघि बढ्नेछौं। आजदेखि नियमित तालिकाअनुसार काम गर्नेछौं,’ अलमुताइरीको भनाइ छ, ‘छनोटपछि मेरो स्वास्थ्यको थप परीक्षणका लागि अस्पताल जानेछु।’ खेलमा नेपाललाई कुवेतले ४-१ गोलले पराजित गरेको थियो।

अलमुताइरी कुवेती नागरिक हुन्। कुवेतमा भएको कुवेतविरुद्धको खेलका क्रममा अल्मुताइरी अचेत भएपछि उनको स्वास्थ्यबारे कुवेतले पनि चासो लिएको छ। 

प्रकाशित: Jun 12, 2022| 17:15 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।