शनिबार, मंसिर ६, २०८२

नेसन्स लिगमा ठुला टिमका चार खेल नै बराबरीमा रोकिए

शनिबार राति इंग्ल्यान्डको मोलिनेउक्स रंगशालामा भएको खेलमा घरेलु टिम इंग्ल्यान्डले पाहुना टिम इटालीसँग गोलरहित बराबरी खेलेको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएका खेलमध्य फुटबलका ठूला देशहरु सम्मिलित खेल भने बराबरीमा रोकिएका छन्।

National life

शनिबार राति इंग्ल्यान्डको मोलिनेउक्स रंगशालामा भएको खेलमा घरेलु टिम इंग्ल्यान्डले पाहुना टिम इटालीसँग गोलरहित बराबरी खेलेको हो।

खेल अवधिमा ६० प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि इंग्ल्यान्डले पाहुना टिमविरुद्ध गोल गर्न भने सकेन। यद्यपी उसले विपक्षीको पोस्टतर्फ १२ प्रहा गरको थियो।

इटालीले पनि इंग्ल्यान्डको पोस्टतर्फ आठ प्रहार गरे पनि गोल गर्न सकेन। यी दुई टिम समूह सीअन्तर्गत पर्छन। सोहि समूहको अर्को खेलमा भने इटाली र हंगेरी १-१ सँगै जर्मनी र हंगेरीले पनि १-१ को बराबरी खेलेका छन्। शनिबार रातिको खेलको छैटौं मिनेटमा नै हंगेरीका लागि सोल्ट नागीले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, त्यसको तीन मिनेटपछि जर्मनीका जोनास हफम्यानले बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोलीले १-१ अंक बाँडे।

Laxmi sunrise bank
kumari

यससँगै समूह सीमा रहेको जर्मनी जितविहीन हुँदै तेस्रो स्थानमा रह्यो। उसले ३ खेलबाट ३ अंक हात पार्योह। समूहमा १ जित र दुई बराबरीका साथ इटाली शीर्षस्थानमा रह्यो भने इंगल्याण्डले १ हार र दुई बराबरीसहित २ अंक हात पार्न सफल भयो।

त्यस्तै समूह डीअन्तर्गतका खेल पनि बराबरीमा रोकिएका छन्। यो समूहमा नेदरल्यान्ड्स, बेल्जियम, पोल्यान्ड र वेल्स रहेका छन्। ६४ वर्षपछि भर्खरै मात्र विश्वकपमा छनोट भएको वेल्सले पूर्व विश्व नम्बर वान बेल्जियमलाई १-१ गोलको बराबरीमा रोकेको छ।

खेलमा बेल्जियमका योउरी टेलेमन्सले ५०औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, वेल्सले ८६औं मिनेटमा गोल फर्काएर खेलमा बराबरी गरेका हुन्।

त्यस्तै, अर्को खेलमा पोल्यान्डले नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा रोकेको छ। जहाँ, पोल्यान्डले सुरुआति अग्रता बनाएको थियो। खेलको १८औं मिनेटमा पोल्यान्डले घरेलु टिमविरुद्ध गोल गर्दै अग्रता बनाएका थिए। यससँगै पहिलो हाफमा पोल्यान्ड एक गोलले अघि रह्यो।

त्यस्तै, खेलको ४९औं मिनेटमा पोटर जिलेन्स्कीले गोल गरेका थिए।

यता, खेलको ५१औं मिनेटमा र ५४ औं मिनेटमा नेदरल्यान्ड्सले दुई गोल फर्कायो। नेदरल्यान्ड्सका लागि डेवी क्लासिन र जेन्डल डमफ्रिजले गोल गरेका थिए 

यो समूहका दुई खेल पनि बराबरी भएपछि सात अंक बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ। समान ४-४ अंक बनाएका बेल्जियम र पोल्यान्ड दोस्रो र तेस्रो स्थानमा छ भने एक अंक जोडेको वेल्स समूहको पुछारमा रहेको छ।

यससँगै यो समूहको पहिलो लेगको खेल सकिएको छ। शनिबार रातिका बाँकी खेलहरुमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ भने रोमानियाले फिनल्यान्डलाई हराएको छ।

त्यस्ते, टर्कीले लक्जम्बर्गविरुद्ध जित निकालेको छ भने मोन्टेनेग्रोले बोसनिया हर्जगोभिनासँग बराबरी खेलेको छ।

प्रकाशित: Jun 12, 2022| 11:16 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।