शनिबार, मंसिर ६, २०८२

एसिया कप छनोटमा नेपालका लगातार दोस्रो हार

कुवेतमा जारी छनोटको पहिलो खेलमा जोर्डनसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा कुवेतसँग पनि हार बेहोरेको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- एसिया कप अन्तर्गतको तेस्रो चरणको छनोट खेलमा नेपालले हार बेहोरेको छ। कुवेतमा जारी छनोटको पहिलो खेलमा जोर्डनसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा कुवेतसँग पनि हार बेहोरेको हो।

National life

कुवेतको जबर अल अहमद रंगशालामा भएको खेलमा नेपालले ४-१ को हार बेहोरेको हो। नेपालविरुद्ध आयोजक टिमका फहद अल्हेबइतर, र मोबारेक अल्कलफलेसमान १-१ गोल गरेका थिए। त्यस्तै, युसुफ अल सुलइमले भने दुई गोल गरे।

खेलको २८औं मिनेटमा फहदले गोल गरेका थिए। यससँगै पहिलो हाफमा नेपाल एक गोलले पछि रह्यो। खेलको ४८औं र ७०औं मिनेटमा युसुफले गोल गरे भने मोबारेकले खेलको ७२औं मिनेटमा गोल गर्दै ४-० को अग्रता बनाएका थिए।

खेलको इन्ज्युरी समयमा दर्शन गुरुङले गोल गरेर नतिजालाई ४-१ बनाएका थिए। छनोटको पहिलो खेलमा नेपालल जोर्डनसँग हार बेहोरेको थियो। समूह एमा रहेको नेपाल अहिले दोस्रो हारसँगै समूहका पुछारमा छ।

यता, समूह एकै अर्को खेलमो जोर्डनले इन्डोनेसियासँग हार बेहोरेको छ। गएरातिको जितसँगै इन्डोनेसियाले दुई खेलबाट छ अंक जोडेको छ। ऊ तालिकाको शीर्षस्थानमा समेत छ।  कुवेत र जोर्डनको समान ३-३ अंका रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2022| 07:41 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।