शनिबार, मंसिर ६, २०८२

नेपाल र अमेरिकाको म्याच टाई

अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई भएको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाका जारी त्रिकोणात्मक सिरिजमा शनिबार राति भएको नेपाल अमेरिकाको खेल टाई भएको छ।

National life

अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई भएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले चार बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर २७४ रन बनाएको थियो। जवाफमा अमेरिकाले पुरा ५० ओभर खेल्दै छ विकेटको क्षतिमा २७४ रनको बराबरी गरेपछि म्याच टाई भएको हो।

शनिबार राति ओपनिङमा आएका कुशल भुर्तेलले १९ रन बनाए भने आसिफ शेखले ६१ रनको योगदान दिएका थिए। उनले ६ चौकाको सहयोगमा सो रन जोडेका हुन्।

त्यस्तै, देव खनालले ५४ रन बनाउँदा रोहित पौडेलले सर्वाधिक ६२ रन बनाएका थिए। पौडेलले त्यसक्रममा ७२ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए।

Laxmi sunrise bank
kumari

नेपालविरुद्ध अमेरिकाका रस्टी थेरनले चार विकेट गिरा एभने अली खान र सैरभ नेत्राभल्करले पनि समान २-२ विकेट लिए।

जवाफमा अमेरिकी ओपनर स्टेवेन टेलरले ११४ रन बनाए भने मोनांक पटेलले ८५ रनको योगदान दिए। नेपालका लागि आदिल खानले तीन विकेट गिराएका थिए। सोमपाल कामी र सन्दिप लामिछानेले समान १-१ विकेट गिराए। 

यो खेलबाट दुवै टिमले समान १-१ अंक बाँडेका छन्। यससँगै नेपालले १४ खेलबाट १३ अंक बनाएको छ। त्यस्तै, अमेरिकाले २२ खेलबाट २१ अंक बनाएको छ। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। 

गएरातिको खेलमा मोहम्मद आदिल खानले नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए। नेपाली सिनियर टिमबाट एक दिवसीय खेल्ने आदिल ३२औं खेलाडीसमेत भएका छन्।


प्रकाशित: Jun 12, 2022| 07:09 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।