काठमाडौं- नेपाल भलिबल संघ तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं ढोरपाटन एम १५० पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता यहि भदौ ३० देखि असोज ६ सम्म चल्ने आयोजकले एक पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो। प्रतियोगितामा देश भरिका विभिन्न १६ भन्दा बढी टिमको सहभागिता रहने ढोरपाटन क्लबका अध्यक्ष मनविर छन्तयालले जानकरी दिए।
लिग कम नकआउटका आधारमा ८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा १२ लाख लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ। त्यस्तै उपविजेताले ६५ हजार र तेस्रो हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान स्कुटर वा मोटरसाइकल पाउने छ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर, लिफ्टर र कोचले समान ५ हजार नगद पाउने छन्। त्यस्तै भाग्यसाली एक जना दर्शकले १ थान स्कूटर, ८ जनाले इजी टिसर्ट र ८ जना दर्शकले डाइमन्ड मोबाइल प्राप्त गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४